कांग्रेस नेता पौडेलद्वारा हेटौंडा–९ का खेलाडीलाई आर्थिक सहयोग

तु खबर संवाददाता
२०७७ पुष २, बिहीबार ०९:११

चितवन । नेपाली कांग्रेसका नेता कुमार पौडेलले चितवनस्थित राप्ती नगरपालिका–७ मा सहयोगी युवा क्लबको आयोजनामा हुन गइरहेको खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुने हेटौंडा–९ का खेलाडीहरुलाई नगद पाँच हजार रुपैयाँ सहयोग गरेका छन ।

आज बिहान हेटौंडा–९ स्थित नबदुर्गा मन्दिरमा काँग्रेस नेता पौडेल र नेपाली काङ्ग्रेस ९ नम्बर वडा सचिव प्रदिप पराजुलीले संयुक्त रुपमा खेलाडीहरुलाई रु पाँच हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

छोटो समयमा आफुहरुले जानकारी पाएकोले सोचेजती सहयोग गर्न नसकेपनी प्रतियोगितामा टोलिले राम्रो खेलेको खण्डमा आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता समेत जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*