हेटौंडा–९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

तु खबर संवाददाता
२०८१ आश्विन ८, मंगलवार १५:३९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ ।

विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–९ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–९ का वडाध्यक्ष सुकराम केसीले जानकारी दिए ।

बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका केसीले यही असोज ११ गते ९ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको बताए ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।

यसअघि हेटौंडा–२, ७, ८, १७, १० र ४ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर ९ हेटौंडा नगरमा सातौं बालमैत्री वडा घोषणा हुनेछ ।