हेटौंडामा तेक्वान्दो प्रथम, दोस्रो र तेस्रो डान ग्रेडिङ्ग कार्यक्रम
मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा हेटौंडामा प्रथम, दोस्रो र तेस्रो डान ग्रेडिङ्ग कार्यक्रम भएको छ ।
सो कार्यक्रम मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै मेयर महतले आफुले हेटौंडाको खेल क्षेत्रलाई पथमिकता दिएर काम गरेको बताए । सम्पुर्ण खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले सहयोग गर्दै आएको र अवका दिनमा पनि गरिने बताए ।
त्यस्तै, तेक्वान्दो कार्यसमितिका अध्यक्ष बज्राचार्यले प्रथम, दोस्रो तथा डान ग्रेडिङ कार्यक्रममा सहभागी भएका सिनियर खेलाडीलाई हेरेर नै जुनियर खेलाडीहरु अघि बढने भएकोले आफ्नो खेल कर्ममा राम्रो गर्दै जान खेलाडीहरुलाई सुझाव दिए ।

खेल क्षेत्रमा हेटौंडाका वडा वडामा विकास गरिँदै लगिएको स्मरण गराउँदै उनले खेलकुदका पूर्वाधारका कामसंगै खेलकुदका प्रतियोगिता पनि गरिँदै लगिएको बताए ।
सिनियर खेलाडी १० जना र जुनियर खेलाडी १५ जना गरी २५ जना खेलाडीहरुलाई प्रथम, दोस्रो तथा डान ग्रेडिङको प्रमाणपत्र वितरण गरिएको छ ।

