प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट

रासस
२०७७ मंसिर ३०, मंगलवार १०:२३
file-photo

कास्की । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिकसहित १६ खेलाडी छनोट गरिएको क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

छनोट भएका खेलाडीमा विपीन खत्री (कप्तान), दिपेश खत्री, अभिषेक थापा, साहिल कार्की, अरुण अधिकारी, सुदीप पौडेल, अर्जुन कुमाल, कृष्ण पौडेल, अमृत गुरुङ, विश्व कार्की, रमेश बस्नेत (विकेट किपर), सुवास भण्डारी, नितेश गिरी र देव साह छन् ।

यसैगरी वैकल्पिक खेलाडीमा विकास क्षेत्री र तेजेन्द्र घर्तीमगर तथा टोली प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक चन्द्रकुमार गुरुङ छन् । सङ्घका अध्यक्ष सिग्देलका अनुसार छनोट भएका खेलाडी आगामी पुस ३ देखि शुरु हुने प्रादेशिक छनोट प्रतियोगिताका लागि पुस १ गतेदेखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । प्रदेश छनोटमा कास्कीसहित नवलपुर, तनहुँ र स्याङजाको टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

चार जिल्लाका खेलाडीबीचको प्रतिस्पर्धाबाट गण्डकी प्रदेशस्तरीय टोली छनोट गरी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेशको टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*