हेटौंडा–१४ फुटबल: न्यु स्टार युवा क्लब महिला र युपी युनाईटेड क्लब विजय
मकवानपुर । हेटौंडा–१४ नम्वर टोल स्तरीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा न्यु स्टार युवा क्लब महिला र युपी युनाईटेड क्लब विजय भएको छ ।
मंगलवार भएको अन्तिम खेलमा समाज कल्याण युवा क्लबलाई युपी युनाईटेड क्लबले २–३ गोलको अन्तरले विजय गरेको थियो ।

त्यस्तै महिला फुटबल टिम तर्फ न्यु स्टार युवा क्लब महिलाले समाज कल्याण युवा क्लव महिलासंग भएको खेलमा पेनाल्टीमा ३–४ गोलको अन्तरले जित्न सफल भएको थियो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी १४ नंम्वर वडा कमिटिका अध्यक्ष सुरेश रुम्बाको सभाध्यक्षता भएको कार्यकक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आथित्यता रहको थियो ।
कार्यक्रममा प्रमुख खुलाले यसरी नै युवाहरुलाई खेल क्षेत्रमा अघि बढ्न आग्रह गरेका थिए ।
कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, १४ नंम्वर वडाध्यक्ष दिपक खड्का, जिल्ला खेलकुद समितिका अध्यक्ष सानु लामा, फुटबल संघका अध्यक्ष टिका लामा, मदन भण्डारी स्पोर्टस एकेडेमी नगर कमिटी अध्यक्ष सविन लामा, मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला उपाध्यक्ष प्रकाश सुवेदी, मदन भण्डारी स्र्पोटस् एकेडेमी जिल्ला सदस्य नितेश लामिछानेलगायतको सहभागिता रहेको थियो ।

असोज २८ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । विजयी हुने पुरुष टिमले खशी र दोस्रो हुने टिमले बोका पाएका थिए ।
त्यस्तै महिला टिम तर्फ विजय हुनेले ट्रफीसहित मेडल प्रमाण पत्र पाएका थिए ।

