नेपालको दशकपछि मलेसियासँग हार

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार १६:०४
फाइल तस्बिर

काठमाडौं, १७ फागुन । एसीसी टी–२० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ ।

मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी–२० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । तर यो पटक मलेसियाले जित्यो ।

शनिबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । बलिङ ठिकठाक गरेको नेपालले ब्याटिङमा भने न राम्रो शुरुवात गर्न सक्यो, न राम्रो फिनिसिङ ।

१५५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*