हेटौंडामा फागुन दोस्रो सातादेखि जिल्लास्तरीय शिक्षक भलिबल
हेटौंडा, २ फागुन । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा मकवानपुरमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।
हेटौंडा–४ हुप्रचौरमा रहेको भलिवल कोर्टमा फागुन ९ गतेदेखि भलिवल प्रतियोगिता हुन लागेको आज शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयले सहभागिता जनाउने अपेक्षा रहेको बताए ।
प्रतियोगिताको विजेताले २० हजार नगदसहित शिल्ड, मेडल पाउने छ । उपविजेताले १० हजार नगदसहित शिल्ड, मेडल प्राप्त गर्दा तृतीय हुने टिमले नगद ५ हजारमा चित्त बुझाउनु पर्नेछ ।
अनुशाशित टिमलाई ३ हजार, विद्यागत उत्कृष्ट खेलाडीहरुलाई जनही ३ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
