मकवानपुरका खेलाडीको पहिचान स्थापितः गृहमन्त्री बादल

तु खबर संवाददाता
२०७६ फाल्गुन ३, शनिबार १७:१४

हेटौंडा, ३ फागुन । नेकपाका केन्द्रीय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मकवानपुरका खेलाडीको खुलेर प्रशंसा गरेका छन् ।

आज शनिवार मकवानपुरको बागमती गाउँपालिका आएका गृहमन्त्री बादलले यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्न सकेको बताएका छन् । मकवानपुरका खेलाडीले खेलको माध्येमबाट देशलाई अन्तराष्ट्रियस्तरमा चिनाएको बताए ।

मकवानपुरका खेलाडीले राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सकेको भन्दै खेल क्षेत्रमा भएको लगानीको प्रतिफल देखिएको उनको भनाई छ ।

बागमतीको फापरबारीमा आजदेखि सुरु फुटबल प्रतियोगिता उद्घाटन गर्दै बादलले मकवानपुरले खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए ।

बागमती गाउँपालिकाले खेलाडी उत्पादनमा गरेको लगानी सह्रानीय रहेको भन्दै प्रशंसा गरे । मकवानपुरमा भएको प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै गृहमन्त्री बादलले सरकारले समेत खेल क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले खेल क्षेत्रमा आवश्यक योजना ल्याइरहेको उनको भनाई छ । बादलले खेल क्षेत्रको समृद्धीले आर्थिक विकासमा टेवा पुग्ने धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*