यस्ता छन् विश्वका पाँच ठूला फुटबल मैदान, कति छ क्षमता ?
काठमाण्डौ, ११ फागुन । विश्वमा सबैभन्दा लोकप्रिय खेल फुटबल हो । हरेक ४–४ वर्षमा आउने फुटबलको महाकुम्भले करिब ३० दिन सारा विश्वको ध्यान तान्ने गर्छ । अझै फुटबलको विश्कप आयोजना गर्ने देशले संसारको ठूलै उपलब्धी हासिल गरेको महशुस गर्छ ।
पछिल्लो समय फुटबलप्रतिको क्रेज अझ बढ्दो छ । विश्वका धेरै देशमा उत्कृष्ट फुटबल मैदानहरु रहेका छन् । तीमध्ये केही मैदानको दर्शक क्षमता निकै धेरै रहेका छन् ।
विश्वका धेरै दर्शक क्षमता भएका पाँच स्टेडियमहरु यस्ता छन् ।
(१) रन्गार्डो फर्स्ट अफ मे स्टेडियम (उत्तर कोरिया)
उत्तर कोरियामा रहेको यो स्टेडियम उत्तर कोरियाको अन्तर्राष्ट्रिय खेल मैदान हो । सबैभन्दा धेरै दर्शक अटाउने विश्वका स्टेडियममा पर्ने यस मैदानको दर्शक क्षमता १ लाख १४ हजार रहेको बताइएको छ । यो मैदान उत्तर कोरियाको प्योङ याङमा रहेको छ ।

(२) क्याम्प नोउ (स्पेन)
स्पेनको बार्सिलोनामा रहेको क्याम्पनोउ विश्वमा सबैभन्दा धेरै दर्शक अटाउने स्टेडियममध्ये एक हो । स्पेनिस क्लब बार्सिलोनाको घरेलु मैदान रहेको नोउ क्याम्पको दर्शक क्षमता ९९ हजार ३५४ रहेको बताइन्छ । यो स्पेनको शहर बार्सिलोनामा रहेको छ ।

(३) रोज बोल स्टेडियम (युएसए)
अमेरिकामा रहेको यो स्टेडियमको दर्शकक्षमता ९० हजार ८८८ रहेको बताइएको छ । अमेरिकाको सबैभन्दा ठूलो मैदान रोज क्यालिफोर्नियाको पासाडेनामा रहेको छ।

(४) सिग्नल इडुना पार्क (जर्मनी)
बुन्डेसलिगा क्लब बोरुसिया डार्टमन्डको घरेलु मैदान इडुना पार्क जर्मनीको डार्टमन्डमा रहेको छ । प्रायजसो भरिभराउ हुने इडुना पार्कको दर्शक क्षमता ८१ हजार ३६५ रहेको छ ।

(५) सान्टियागो बेर्नाबेउ (स्पेन)
विश्वको सबैभन्दा धेरै दर्शक अटाउने मैदानमध्ये स्पेनको अर्को मैदान बेर्नाबेउ पनि पर्दछ । बेर्नाबेउ स्पेनिश क्लब रियल मड्रिडको घरेलु मैदान हो । स्पेनको मड्रिडमा रहेको यस मैदानको दर्शक क्षमता ८१ हजार ४४ रहेको छ ।

