खेलकुद
नगर खेलकुद हेटौंडा–१३ को संयोजकमा लुङ्बा
मकवानपुर । नगर खेलकुद विकास समिति हेटौंडा–१३ को संयोजकमा अमृत लुङ्बा चयन भएका छन् । बिहीबार भएको भेलाबाट लुङ्बाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, समितिको सदस्यमा श्यामकुमार लामा, प्रमिला राई, मदन बल, उमेश लुङ्बा, विशाल थिङ, कमल मोक्तान, ज्ञानु मोक्तान, कविन सिन्तान र तेजबहादुर वाइबा रहेका...
हेटौंडामा जिल्लास्तरीय साइक्लिङ प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही चैत २४ गते प्रथम यु–१६ जिल्लास्तरीय साइक्लिङ प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा हुन लागेको हो । ‘स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनका लागि साइकल’ भन्ने नाराका साथ साइक्लिङ प्रतियोगिता आयोजना गर्न लागिएको सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले...
नगर खेलकुद हेटौंडाद्वारा मेची–महाकाली दौडको टोलीलाई स्वागत
मकवानपुर । नगर खेलकुद विकास समिति हेटौंडाले मेची–महाकाली सचेतना दौड अभियानको टोलीलाई स्वागत गरेको छ । बुधवारे जेसिजसँगको समन्वयमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको सचेतना दौडमा सहभागी टोलीलाई स्वागत गरिएको हो । उक्त टोली दौड अभियानको आठौं दिनमा हेटौंडा आइपुगेको हो । बुद्धशान्ति गाउँपालिका...
अन्तर प्रदेश राष्ट्रिय खेलकुदः चितवनमा उद्घाटन, हेटौंडामा समापन
हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । यही चैत २५ गतेबाट हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पूरा भएको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने सो प्रतियोगिताको...
कैलाशमा दोस्रो संस्करणको अध्यक्ष कप सुरु
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता बुधबारबाट सुरु भएको हो । कैलाश–९ स्थित नामटारमा सुरु भएको उक्त प्रतियोगिताको पालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ...
बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समिति गठन
मकवानपुर । बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समिति गठन गरिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को चैत १ गतेको निर्णय अनुसार एक वर्षभित्र बागमती प्रदेश ब्याडमिन्टन संघको निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएको हो । संघको अध्यक्षमा सिन्धुलीका रुद्रबहादुर थिङ, उपाध्यक्षमा ललितपुरका श्याम शरण महर्जन, काठमाडौंका राजु...
मकवानपुरको भीमफेदीमा क्रिकेट प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको भीमफेदीमा तेस्रो संस्करणको ६ ए रिभर साइट क्रिकेट प्रतियोगिता हुँदैछ । रेड स्वाइल क्रिकेट क्लबले भोलि शनिबार भीमफेदी–१, सामरीमा क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो । मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा सहभागी हुन खेलाडीहरुले कुनै शूल्क तिर्न नपर्ने जनाइएको छ । वनभोज...
नेपाली राष्ट्रिय क्रिकेट टिम बिहानै स्वदेश फिर्ता
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज बिहानै स्वदेश फर्किएका छन् । हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । उनीहरुलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए । हङकङ, पपुवा न्युगिनी (पीएनजी)...
हेटौंडामा चौथो संस्करणको मेयर कप हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको समन्वयमा आगामी चैत्र २४ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता हेटौंडा–५, स्थित क्याम्पा रंगशालामा हुनेछ । प्रतियोगितामा नगरका १९ वटै वडाको सहभागीता...
हेटौंडा भेट्रान्सको उपाधि फ्रेण्डसिपले हात पार्यो
मकवानपुर । नवौं भेट्रान्स राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेण्डसिप भेट्रान्सले हात पारेको छ । शनिबार हेटौंडा भेट्रान्स क्लबको आयोजनामा क्याम्पाडाँडा खेल मैदानमा भएको फाइनल खेलमा फ्रेण्डसिपले उपाधि जितेको हो । प्रतियोगितामा फ्रेण्डसिपले किङ्ग कम भेट्रान्सलाई १–० लाई पराजित गरेको हो । यस्तै, प्रतियोगितामा बानेश्वरका हरिहर थापा म्यान अफ...








