हेटौंडामा जिल्लास्तरीय साइक्लिङ प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०८० चैत्र १५,बिहीबार १६:३७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही चैत २४ गते प्रथम यु–१६ जिल्लास्तरीय साइक्लिङ प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा हुन लागेको हो ।

‘स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनका लागि साइकल’ भन्ने नाराका साथ साइक्लिङ प्रतियोगिता आयोजना गर्न लागिएको सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाभित्रका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउने उनले बताए ।

उनका अनुसार, भोलि चैत्र १६ गते शुक्रबार बस्ने कार्यसमितिको बैठकले टिम दर्ता शुल्क, टिम सहभागी र प्रतियोगिताको पुरस्कारको राशीबारे निर्णय गर्नेछ ।