खेलकुद
त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ फाइनलमा प्रवेश
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १(० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफको...
बागमती गोल्डकपः आज दोस्रो सेमिफाइनल खेल हुँदै
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्प्रर्धा हुने भएको छ । दिउँसो १ हुने...
मैत्रीपूर्ण फुटबलमा युवा संघ मकवानपुर विजयी
मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोमबार मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजना गरिएको छ । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल, मकवानपुर र प्रेस चौतारी नेपाल मकवानपुरबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । हेटौंडा–५ क्याम्पाडाँडामा रहेको खेल मैदानमा भएको मैत्रिपूर्ण फुटबलमा युवा संघ विजयी भएका छन् । प्रेस...
पाँचौ संस्करणको राष्ट्रिय फुटसलमा हेटौंडा उपविजेता बन्यो
मकवानपुर । झापाको बिर्तामोडमा सम्पन्न पाँचौ संस्करणको राष्ट्रिय फुटसल प्रतियोगितामा हेटौंडा उपविजेता बनेका छन् । सामाजिक सञ्जालमा चर्चित मेन्स रुम रिलोडेड समूहले आयोजना गरेको उक्त प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा हेटौंडा ललितपुरसँग पराजित बनेको हो । ललितपुरले ११–५ गोलअन्तरले हेटौंडालाई पराजित गरेको हो । उक्त सूमहले हरेक वर्ष अरु...
हेटौंडामा जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने
मकवानपुर । नेपाल खेलकुद महासंघ मकवानपुरले जिल्ला स्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिताको आयोजना गर्ने भएको छ । महासंघले स्थापना दिवसको अवसरमा हेटौंडामा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता फागुन १० गतेदेखि १२ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला तर्फ ३० के.जी मुनि, ३५ के.जी, ४५ के.जी र...
बागमती गोल्डकपः शनिबार मछिन्द्र र जावलाखेल भिड्दै
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । बागमती गाउँपालिकामा–८, स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आज मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो १ बजे...
बागमती गोल्डकपः एपीएफ क्लब सेमिफाइनलमा प्रवेश
मकवानपुर । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।...
बागमती गोल्डकपः आज एनआरटी र नव जनजागृतीबीच प्रतिस्पर्धा हुँदै
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने पहिलो क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी) र सिमराको नव जनजागृती युवाबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ...
हेटौंडामा नवौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा नवौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता यही फागुन २२ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताको आयोजक हेटौंडा भेट्रान्स क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएको हो । हेटौंडा–४ स्थित हुप्रचौरको मैदानमा हुने प्रतियोगिता फागुन २२ गतेदेखि २६ गतेसम्म गरी पाँच दिन संचालन हुनेछ ।...
हेटौंडामा वडास्तरीय खेलकुद प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको हेटौंडामा प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता– २०८० हुने भएको छ । हेटौंडा–४ नम्बर वडाको आयोजना तथा शैक्षिक सुधार समिति ४ नम्बर वडा समितिको व्यवस्थापनमा यही माघ २६ र २७ गते वडास्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो । हेटौंडाको हुप्राचौरमा हुने उक्त प्रतियोगिताबारे शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष...









