खेलकुद
हेटौंडामा भोलि कोरा च्यालेन्ज हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि असार २९ गते शनिबार कोरा साइकल च्यालेन्ज (राइड) हुने भएको छ । केही समयदेखि साइकल अभियानमा क्रियाशील अभियनकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटीको आयोजनामा उक्त राइड हुन लागेको हो । करिव ३ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले यो तेस्रो...
खेलकुद विकास समिति अध्यक्ष मुक्तानद्वारा पदभार ग्रहण
मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजकुमार मुक्तानले पदभार ग्रहण गरेका छन् । हेटौंडा ४ स्थित समितिको कार्यालयमा बिहीबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । समितिका कार्यालय प्रमुख माधव कोइरालाले अध्यक्ष मुक्तान लगायत सदस्यहरु श्रीकृष्ण रुम्बा र मदन उप्रेतीलाई स्वागत गर्दै पदभार ग्रहण गराएका छन्...
मकवानपुरसहित बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त
मकवानपुर । बागमती प्रदेशको विभिन्न ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले मकवानपुरसहित ६ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । विगत साढे ३ महिनादेखि खेलकुद विकास समिति अध्यक्षबिहीन बागमती प्रदेशको १३ जिल्लामध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा अध्यक्ष...
कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा
काठमाडौँ । क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । दोस्रो सेमिफाइनल खेल भने उरुग्जे र...
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौं । टि–२० विश्वकपमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टिम बुधबार राति र बिहीबार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको समूह बुधवार राति १० बजे आएका थिए ।...
स्वदेश फर्कियो नेपाली फुटबल टोली
काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली आज (बिहीबार) स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम् गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए । नेपाली टोली जेठ २० गते आइतबार बेलुकी साउदीतर्फ...
मृतक अकिललाल श्रेष्ठका परिवार आर्थिक रकम सहयोग
मकवानपुर । हृदयघातका कारण निधन भएका फुटबल रेफ्री मकवानपुरका अकिललाल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । लामसुरे खेलकुद विकास समिति हेटौंडा–९, ले बुधबार मृतक अकिललालको परिवारलाई नगद ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएका हो । मकवानपुर जिल्ला रेफ्री संघ अध्यक्ष समेत रहेका मृतक श्रेष्ठ हेटौंडा–९ भेट्रान्स...
हेटौंडा नगर प्रमुख र उप–प्रमुखद्वारा खेल मैदानको उद्घाटन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सिमलटारमा निर्माण भएको फुटबल खेल मैदानको उद्घाटन गरिएको छ । हेटौंडा–११ सिमलटारमा निर्माण भएको उक्त खेल मैदानको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त खेल मैदान हेटौंडा–१० र हेटौंडा–११ को लगानीमा निर्माण गरिएको...
वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्ध
अमेरिका । आइसीसी टि ट्वान्टी विश्वकप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा स्थानीय समय अनुसार साढे ८ बजे पिच निरीक्षण सुरु भए लगत्तै पानी पर्न थालेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो । लगातारको वर्षाका कारण खेल रद्द...
नेपाल र नेदरल्यान्डस्बीचको विश्वकप क्रिकेट आज हुँदै
काठमाडौं । नेपाल र नेदरल्यान्डस्बीचको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगित आज हुँदैछ । खेल अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको हो । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्सँग राति ९ बजेदेखि खल्ने जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना...










