कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौँ । क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।
दोस्रो सेमिफाइनल खेल भने उरुग्जे र कोलम्बियाबीच हुनेछ । यो खेलको विजेतासँग अर्जेन्टिनाले उपाधीका लागि फाइनल प्रतिस्पर्धा गर्नेछ ।
कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४ औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ ।