स्वदेश फर्कियो नेपाली फुटबल टोली

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१,बिहीबार १७:३७

काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली आज (बिहीबार) स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम् गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए ।

नेपाली टोली जेठ २० गते आइतबार बेलुकी साउदीतर्फ गएका थिए । साउदीमा नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणमा युएई र यमनविरुद्धको अन्तिम दुई खेल खेलेका थिए ।

अघिल्ला पाँच खेलमा जित र गोलविहीन खेलेको नेपालले हिजो अन्तिम खेलमा यमनसँग बराबरी खेलेको थियो ।

खेल साउदी अरबको दम्माम सहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा भएको थियो ।