नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

तु खबर संवाददाता
२०८१ असार ७,बिहीबार १६:१४

काठमाडौं । टि–२० विश्वकपमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

टिम बुधबार राति र बिहीबार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो ।

कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको समूह बुधवार राति १० बजे आएका थिए ।

यस्तै, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

टि २० विश्वकप अन्तर्गत नेपालले ३ खेल खेलेको थियो । समूह डिमा रहेको नेपालले नेदरल्याण्ड, दक्षिण अफ्रिका र बंगलादेशसँग खेलेको थियो ।

सबै खेलमा नेपाल पराजित भएको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्ध हुँदा एक/एक अंक बाँडेको थियो ।