समाचार

असोज महिनासम्ममा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालू आवको असोज महिनासम्ममा देशको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको छ । जहाँ देशको आयात चार खर्ब...

काभ्रेमा एमाले नेता सवार गाडी दुर्घटना, ११ जना घाइते

काभ्रे । काभ्रेको बेथानचोक–१ निगाले भन्ने स्थानमा आज नेकपा एमालेका नेताहरु सवार बोलेरो गाडी पल्टिएर दुर्घटना भएको छ । एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा, नेता रामहरी सुवेदी, प्रदेश नेतृ भक्तकुमारी लामासहितका नेताहरु सवार बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।...

प्रतिनिधि सभा बैठक : दुई वटा विधेयक पेस

काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको आज बसेको बैठकमा दुई वटा विधेयक पेस गरिएको छ । बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र “भन्सार विधेयक, २०८० पेस गरिएको हो । ती दुबै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले...

मानव अधिकार तथा शान्ति समाजद्वारा संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आइतबार संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने मागसहित समाजका अधिकारीहरुले संसद भवन ३ नम्बर गेट अगाडि  प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अधिकारीहरुले ‘नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने...

मकवानपुरको भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ३ बेसारघारीमा आज दिउँसो भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय वृद्ध गणेशबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो साढे...

मकवानपुर प्रहरीद्वारा ७२० वटा सवारी साधनलाई कारबाही

मकवानपुर । मकवानपुर प्रहरीले दसैं अवधिमा ७२० वटा सवारी साधनलाई कारबाही गरेको छ । प्रहरीले बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनले सवारी साधनलाई कारबाही गरेको हो । प्रहरीले सो अवधिमा बढी भाडा लिने १० वटा सवारी साधनलाई कारबाही गरिएको मकवानपुरका प्रहरी...

मकवानपुरमा थप ७ जनामा डेंगु पुष्टि, कुल संख्या ६७५ पुग्यो

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको परीक्षणमा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिकाका ६ जना र बकैया गाउँपालिकाका एक जनामा गरी ७ जनामा...

नौ दिनपछि खुलेको शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैंका कारण बन्द रहेको शेयर बजार आजबाट खुलेको छ । आज साताको पहिलो दिन अर्थात दसैं पछिको पहिलो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नौ दिनपछि खुलेको शेयर बजारमा नेप्से परिसूचक २८.१८ अंकले गिरावट आएर १८७५.६५ को विन्दुमा रोकिएको...

मकवानपुरमा दसैं अवधिमा १४ वटा सवारी दुर्घटना, तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा दसैंको अवधिमा १४ वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सो अवधिमा जिल्लाको विभिन्न १२ स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका–२७...

करेन्ट लगाएर माछा मार्न खोज्दा एक जनाको ज्यान गयो

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न खोज्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, शनिबार दिउँसो कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा दलबहादुरको ज्यान गएको...