नौ दिनपछि खुलेको शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैंका कारण बन्द रहेको शेयर बजार आजबाट खुलेको छ । आज साताको पहिलो दिन अर्थात दसैं पछिको पहिलो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज नौ दिनपछि खुलेको शेयर बजारमा नेप्से परिसूचक २८.१८ अंकले गिरावट आएर १८७५.६५ को विन्दुमा रोकिएको छ ।
आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको २७ लाख १२ हजार १२३ कित्ता शेयर किनबेच भएको छ भने ७४ करोड २९ लाख २५ हजारको कारोबार भएको छ ।
यस्तै, नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज ट्रेडिङ र होटल तथा पर्यटन उपसूचक सर्वाधिक क्रमशः २.६८ र २.६३ प्रतिशतले घटेको जनाइएको छ ।