समाचार
आज एकैपटक दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक एकैपटक बस्न लागेको हो । दुबै बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । पूर्वाधार विकास समितिको बैठकमा चाडपर्वकोको समयमा सडक पूर्वाधारको अवस्था र यात्रुहरूलाई सहज रूपमा यातायातको...
मकवानपुर प्रहरीद्वारा अवैध पटका र कपडा बरामद
मकवानपुर । मकवानपुर प्रहरीले अवैध पटका र कपडा बरामद गरेको छ । प्रहरीले आइतबार जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट अवैध पटका र कपडा बरामद गरेको हो । प्रहरीले विभिन्न किसिमका–१६ प्याकेट पटका (१५५ पिस) र उनिको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस कपडा ...
हेटौंडामा एक किशोरी मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरेमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । स्थानीय अन्दाजी १६ वर्षीया सुरक्षा चौधरी आइतबार मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, चौधरी आफ्नै घरको सुत्ने कोठाको फलामको पाईपमा...
हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द
मकवानपुर । हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द भएको छ । आर्थिक संकटको कारण यसअघि पटक–पटक बन्द हुँदै आएको सिमेन्ट उत्पादन फेरि कोइला खरिद गर्न नसक्दा बन्द गर्नु परेको सो उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले जानकारी दिए । उद्योगका महाप्रबन्धक पाण्डेले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको भन्दै...
मकवानपुरमा गाँजा र अफिम खेती फँडानी गर्न प्रहरी परिचालन
मकवानपुर । मकवानपुरमा अवैध लागूऔषध गाँजा र अफिम खेती फँडानी गर्न प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको विभिन्न स्थानमा लगाइएको अवैध गाँजा र अफिम खेती फँडानी गर्न आइतबारबाट प्रहरी टोली परिचालन गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, जिल्लाको राक्सिराङ...
इजरायल आक्रमण: थप तीन जना नेपालीको सनाखत
काठमाडौं । इजरालयमा हमास समूहको आक्रमणमा परेर मृत्यु भएकामध्ये तीन जना नेपालीको सनाखत भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मृत्यु भएकामध्ये थप ३ नेपाली विद्यार्थीको भएको जानकारी गराएको हो । शव पहिचान हुनेहरुमा पदम थापा, प्रवेश भण्डारी र राजन फुलारा रहेका छन् । हमासको आक्रमणमा...
आज मौसम सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । जारी पूर्वानुमान अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका...
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो साढे २ बजे बस्ने गरी बोलाइएको हो । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुनेछ । स्व. विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि...
अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न जिल्लाको छुट्टाछुट्टै स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाली, पर्सा, कैलाली र कपिलवस्तु गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको हो । प्रहरीले सर्लाहीको कबिलसी नगरपालिका–९ सलेम्पुरबाट अवैध लागूऔषध गाँजा २५० किलोग्रामसहित शनिबार राति दुई जनालाई पक्राउ...
प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे यूएनका महासचिव गुटरेस
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटरेस प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न सिंहदरबार पुगेका छन् । चार दिने भ्रमणका लागि आइतरबार बिहान मात्रै काठमाडौं आइपुगेका महासचिव गुटरेस प्रधानमन्त्री प्रचण्डलाई भेट्न अपराह्नमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेका हुन् । सो क्रममा उनीहरुबीच नेपालको...










