प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे यूएनका महासचिव गुटरेस

तु खबर संवाददाता
२०८० कार्तिक १२,आईतवार १७:२३

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटरेस प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न सिंहदरबार पुगेका छन् ।

चार दिने भ्रमणका लागि आइतरबार बिहान मात्रै काठमाडौं आइपुगेका महासचिव गुटरेस प्रधानमन्त्री प्रचण्डलाई भेट्न अपराह्नमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेका हुन् ।

सो क्रममा उनीहरुबीच नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनलगायतबारे छलफल भएको बुझिएको छ ।

महासचिव गुटरेसले यसअघि आइतबार नै उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग र त्यसपश्चात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेटवार्ता गरेका छन् ।

महासचिव गुटेरेस प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्री समेत हुन् ।