मकवानपुर प्रहरीद्वारा अवैध पटका र कपडा बरामद

तु खबर संवाददाता
२०८० कार्तिक १३, सोमबार ०९:३७

मकवानपुर । मकवानपुर प्रहरीले अवैध पटका र कपडा बरामद गरेको छ । प्रहरीले आइतबार जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट अवैध पटका र कपडा बरामद गरेको हो ।

प्रहरीले विभिन्न किसिमका–१६ प्याकेट पटका (१५५ पिस) र उनिको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस कपडा  बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी जानकारी दिए ।

उनका अनुसार, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना.४ ख ६०३१ नम्बरको यात्रुबहाक बसबाट उक्त परिमाणको पटका र कपडा बरामद गरेको हो ।

उक्त पटका र कपडा नियन्त्रणमा लिई गाडीहरु गनतब्यतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।