मकवानपुरमा गाँजा र अफिम खेती फँडानी गर्न प्रहरी परिचालन

तु खबर संवाददाता
२०८० कार्तिक १३,सोमबार ०८:४७

मकवानपुर । मकवानपुरमा अवैध लागूऔषध गाँजा र अफिम खेती फँडानी गर्न प्रहरी टोली परिचालन गरिएको छ ।

जिल्लाको विभिन्न स्थानमा लगाइएको अवैध गाँजा र अफिम खेती फँडानी गर्न आइतबारबाट प्रहरी टोली परिचालन गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा र कैलाश गाउँपालिकाको विभिन्न वडामा गरी १३७ जना प्रहरी टोली परिचान गरिएको हो ।

जिल्लाको राक्सिराङ गाउँपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका विभिन्न स्थानमा गरी ५५ जना, राक्सिराङ गाउँपालिका १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा गरी ४० जना प्रहरी टोली परिचालन गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यसैगरी, कैलाश गाउँपालिकाको विभिन्न वडामा गरी ४० जना टोली गाँजा तथा अफिम खेती फँडानी गर्न परिचान गरेको उनले जानकारी दिए ।