समाचार
नेपाल आइपुगे यूएनका महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । महासचिव गुटेरेस चार दिने भ्रमणका क्रममा नेपाल आइपुगेका हुन् । उनी आइतबार राती १ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए । महासचिव गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निमन्त्रणामा नेपाल...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र बाँके जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मोरङको रंगेली नगरपालिका–५ सतारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ सय ६० मिलिग्रामसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ...
आज विश्व पक्षघात दिवस मनाइँदै
काठमाडौं। आज अक्टोबर २९ अर्थात आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पक्षघात दिवस मनाइँदै छ । हरेक वर्ष झै आज पनि ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइने भएको हो । मस्तिष्कमा अक्सिजन तथा...
मादक पदार्थ सेवन गरी विवाद हुँदा राईको हत्या, दुई जना पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मादक पदार्थ सेवन...
मकवानपुर प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार बकैयामा घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले बकैया गाँउपालिका वडा नं. १२ ठिंगनस्थित कान्तिलोकपथमा ३७५ लिटर घरेलु मदिरा नष्ट गरेको हो । विभिन्न यात्रुवाहक सवारी साधनमा सवार यात्रुहरुले मिनरल वाटर, कोक तथा डिउको विभिन्न साईजको बोटलमा भरी लिई आएको उक्त परिमाणको घरेलु मदिरा...
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
बारा । बाराको जीतपुर सिमरा उपमहानगर वडा नं २ स्थित सिमरा चोकमा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्वरको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार, मृतकको हाल पहिचान...
प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद् सचिवालयका अनुसार, बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा...
आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहको र त्यसको प्रभावले केही प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको हो । ती प्रदेशको बाँकी भू–भागमा...
दुर्घटनामा परेर गम्भीर घाइते मकवानपुरका युवकको मृत्यु
मकवानपुर । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ६ ठाडीखोला बस्ने अन्दाजी २२ वर्षीय सन्तोष दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका...
अमेरिकाले थप्यो अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा नेपाल
अमेरिका । अमेरिकाले अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरुको सूचिमा नेपालको नाम पनि थप गरेको छ । अमेरिकाको कृषि मन्त्रालय मातहतको एनिमल एण्ड प्लान्ट हेल्थ सर्भिसले नेपाललाई अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरुको सूचिमा थपेको विषयमा जानकारी गराएको छ । अमेरिकी सरकारले नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि यो कदम चालेको...










