अमेरिकाले थप्यो अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा नेपाल

तु खबर संवाददाता
२०८० कार्तिक ११,शनिबार १७:४०

अमेरिका । अमेरिकाले अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरुको सूचिमा नेपालको नाम पनि थप गरेको छ ।

अमेरिकाको कृषि मन्त्रालय मातहतको एनिमल एण्ड प्लान्ट हेल्थ सर्भिसले नेपाललाई अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरुको सूचिमा थपेको विषयमा जानकारी गराएको छ ।

अमेरिकी सरकारले नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि यो कदम चालेको हो ।

अफ्रिकी स्वाइन फिभर जंगली र घरेलु सुँगुरबाट फैलिने एक अत्याधिक संक्रामक रोग हो । यो रोग अत्याधिक उच्च दरमा उच्च मृत्युदरका साथ फैलन सक्ने जनाइएको छ । सुचीमा चीन र भारत समेत रहेको छ ।

यो सूची व्यावसायिक बिक्री वा पाल्ने कुकुरहरूको आयातमा लागू नहुने युएसडीएले जनाएको छ । नेपाललाई सुचिमा थप्न युएसडीएले फेडरल रजिष्ट्ररमा नै सुचना प्रकाशित गरेको हो ।

सूचनामा भनिएको छ, हामीले अफ्रिकी स्वाइन फिभरबाट प्रभावित मानिने क्षेत्रहरूको सूचीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई थपेका छौं भनेर हामी जनतालाई सल्लाह दिन्छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि हामीले यो कदम चालेका हौं ।