अमेरिकामा हिमआँधीको अनुमान
न्यूयोर्क । अमेरिकाको वाशिंगटन डीसीदेखि न्यूयोर्क सिटीलगायतका क्षेत्रमा जनवरी ६ देखि ८ सम्म हिमआँधी आउने अनुमान गरिएको छ ।
विगत ६४८ दिनदेखि न्यूओर्क सिटीमा एक इन्च हिमपात नभएको र यसै साता हिउँ खडेरी समाप्त हुने अनुमान गरिएको छ ।
हिमपातसँगै न्यू इङ्गल्याण्ड, न्यूयोर्क र मध्य एट्लान्टिकको उच्च तापक्रम यस सप्ताहन्तको मध्यमा ३० को हाराहारीमा झर्ने जनाइएको छ ।
मौसमविद्हरूले अपलाचियन पर्वतहरूमा हिमापातको सम्भावनाको साथ मिजौरीदेखि न्यू इङ्गल्याण्डसम्म हिमपात हुनसक्ने जानकारी दिएका छन् । पूर्वी तटमा आँधी आउने र केही क्षेत्रमा भारी हिमपात हुने भन्दै मौसमविद्हरुले सतर्क हुन आग्रह गरेका छन् ।
सप्ताहन्तमा बाल्टिमोर, फिलाडेल्फिया र वाशिंगटन डीसीमा पनि हिउँ पर्ने जनाइएको छ ।