समाचार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवन बानेश्नरमा बस्ने भएको हो । उक्त बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दलित आयोगको...
हेटौंडा चिकित्सक कुटपिट प्रकरणमा पक्राउ परेका स्याङ्तान धरौटीमा रिहा
मकवानपुर । जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि कुटपिट गरेको आभियोगमा पक्राउ परेका हेटौंडा–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई धरौटीमा रिहा गरेको छ । गत भदौं २७ गते हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो हस्पिटलमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको अभियोगमा बुधबार पक्राउ परेका स्याङ्तानलाई धरौटीमा रिहा गरिएको हो । स्याङ्तान...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ६१३ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६१३ पुगेको छ । जिल्लामा बिहीबार थप १३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६१३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ६ जना, भीमफेदी गाउँपालिकाका ४ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका...
राष्ट्रपति समक्ष तीन आयोगद्वारा वार्षिक प्रतिवेशन पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न तीन आयोगले वार्षिक प्रतिवेदन पेश गरिएको छ । बिहीबार शीतल निवासमा छुट्टाछुट्टै कार्यक्रमबीच दुई संवैधानिक आयोग र भाषा आयोगले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको हो । लोक सेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा विज्ञ आयोगले संविधानको धारा २९४ बमोजिम आयोगका वार्षिक प्रतिवेदन...
झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड
काठमाडौं । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको पार्किङमा राखेका सवारी साधन तोडफोड भएको हो...
नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित पक्राउ
नवलपरासी (पश्चिम) । नवलपरासीको बर्दघाट नगरपालिका–४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित प्रहरीले बुधबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र...
इजरायलबाट २५० जना नेपाली विमान चढे, ९ बजे काठमाडौं आइपुग्ने
काठमाडौं । इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज राति ९ बजे काठमाडौंमा आइपुग्ने छन्...
हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालनमा आयो
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालन आएको छ । अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी आजबाट २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड संचालनमा ल्याएको हो । अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड संचालनमा ल्याउने भएको हो...
संसद्को अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव
काठमाडौँ । सत्ता गठबन्धनले सरकारलाई संसद्को चालु अधिवेशन अन्त्य गर्न सुझाव दिएको छ । सत्ता गठबन्धनको बिहीबार बसेको बैठकले चाडबाड लगायतको समय आएकाले चालु अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएको हो । बैठकमा सहभागी एक नेताले अधिवेशन अन्त्य गर्ने नगर्ने निर्णय सरकारले गर्ने भएपनि गठबन्धनमा छलफल हुँदा शुक्रबार बैठक...
बिहीबार २० अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । नेप्से गत मंगलबार देखि अठार सयको विन्दुबाट माथि उक्लन नसकेको हो । आज ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा...










