समाचार

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८ औँ र १९ औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो । पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका ६८ वर्षीय लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो...

हेटौंडाबाट ९ जना जुवाडे पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ देवी वन टोलबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय गोकुलनाथ पौडेलको घरमा हार जित हुने गरी जुवातास खेलिरहेको अवस्थामा नगदसहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।...

आज पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका...

अमेरिकामा गोलीकाण्डमा परेर मृत्यु हुनेको संख्या २२ पुग्यो

मेइन । अमेरिकाको मेइनस्थित गोलीकाण्डमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । उक्त घटनामा परेर ६० जनाभन्दा घाइते भएका छन् । लेविस्टनमा स्थानीय समयअनुसार साँझ ७ बजेबाट गोलाबारी सुरु भएको थियो । कम्तीमा तीन ठाउँमा गोलाबारी भएको बताइएको छ । सबैभन्दा पहिले बालबालिकाको कार्यक्रम आयोजना भइरहेको एक बलिङ...

मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते, दुईको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ दुम्सीडाँडास्थित भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दुम्सीडाँडाबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह ५१७४ नम्वरको अटो आफैं अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय...

राप्रपा अध्यक्ष लिङ्देन अमेरिका भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज अमेरिका भ्रमणमा जाने भएका छन् । ध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । अमेरिकाको विभिन्न राज्यमा हुने...

खेतमा युवकको शव फेला

जनकपुरधाम । जनकपुरधाममा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा हाल पहिचान नखुलेको एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि मुचुल्का बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल...

इजरायलमा मारिएका थप एक जनाको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका थप एक जना विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । उक्त शव बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेका छन् । उनको शव फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनको शव नेपाल...

मकवानपुरमा क्रेन दुर्घटना हुँदा महतोको मृत्यु

मकवानपुर । मकवानपुरमा सवारी दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज ३० लालपर्सा बस्ने वर्ष १८ का बिपिन महतो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । आज विहान पूर्वपश्चिम सडकखण्ड हुँदै हेटौंडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्वरको हाइड्रा क्रेन...

आज विजयादशमीः टीकाको उत्तम साइत ११:०२ बजे

मकवानपुर । आज विजयादशमी मनाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन...