राप्रपा अध्यक्ष लिङ्देन अमेरिका भ्रमणमा जाँदै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज अमेरिका भ्रमणमा जाने भएका छन् ।
ध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता श्रेष्ठले बताए ।
भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य, प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहने छन् ।
मेरिल्याण्डको कार्यक्रम सम्पन्न गरेपछि राप्रपा अध्यक्ष लिङ्देन नोभेम्बर ७ मा स्वदेश फर्कने कार्यसूची रहेको प्रवक्ता श्रेष्ठले बताए ।
