समाचार
आज महानवमीः नवदूर्गा भगवतीको विशेष पूजा
मकवानपुर । आज आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत...
भूकम्पका कारण धादिङमा १८ परिवारको घरगोठमा क्षति
हेटौंडा । आज बिहान गएको भूकम्पबाट धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका...
हेटौंडाको भुटनदेवी मन्दिरमा बिहानैदेखि भक्तजनको भिड (फोटो फिचर)
मकवानपुर । बडा दसैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । सोही अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड देखिएको छ । नवरात्रको आज सातौ दिन अर्थात फूलपाती विभिन्न...
हेटौंडाको भुटनदेवी मन्दिरमा फुलपाती भित्र्याईयो
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित भुटनदेवी मन्दिरमा फुलपाती भित्र्याइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले स्थानीय भुटनदेवी मन्दिरको दसैँघरमा आज बिहान धार्मिक विधि अनुसार फूलपाती भित्र्याइएको हो । नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा,...
मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३६ जना घाइते
मकवानपुर । धरान–चतरा सडक अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ मा शुक्रबार बस दुर्घटना ३६ जना घाइते भएका छन् । हेटौंडाबाट बकैया जुईना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस बकैया–५ श्रीपुर ओरालोमा दुर्घटना हुँदा ३६ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...
भीमफेदीमा मोटरसाइकल दुर्घटना, लामाको मृत्यु
मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने भैंसे–हेटौंडा सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी गाउँपालिका १ बस्ने हाल उमेर नखुलेको सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार,...
‘राष्ट्रिय एकता हासिल गर्न हाम्रा चाडपर्वको महत्व छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तीका लागि मौलिक चाडपर्वको विशीष्ट महत्व रहेको बताएका छन् । नेपालीहरुको महान चार्ड बडादसैं, शुभदिपावली, नेपाल संवत एवम् छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन्...
आज दसैँको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै
मकवानपुर । आज दसैँको सातौँ दिन । हरेक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र,...
एमाले मनहरी–९ द्वारा शुभकामना आदानप्रदान एवम् पार्टी पुनिर्मलन कार्यक्रम
मकवानपुर । नेकपा एमाले मनहरी गाउपालिका वडा न. ९ ले नेपालीहरुको महान पर्व बडादसैँ, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् पार्टी पुनिर्मलन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यता एवम् एमाले मनहरी–९ का अध्यक्ष महेन्द्र राना मगरको सभाध्यक्षतामा भएको...
दसैँको सार्वजनिक विदामा पनि आयल निगमका डिपोहरू खुला हुने
काठमाडौँ । दसैँको सार्वजनिक विदामा पनि आयल निगमका बिक्री केन्द्र (डिपो) हरू खुला हुने भएको छ । यही कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिन सम्म नै बिक्री केन्द्रहरू खुला हुने नेपाल आयाल निगमले जनाएको छ । जसअनुसार कोशी प्रदेशको विराटनगर कार्यालय र...









