भीमफेदीमा मोटरसाइकल दुर्घटना, लामाको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक ४, शनिबार ०८:३६
file photo

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने भैंसे–हेटौंडा सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी गाउँपालिका १ बस्ने हाल उमेर नखुलेको सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गएराति १० बजेको समयमा भैसेँबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ प २१८९ नम्वरको मोटरसाइकल उक्त सडकखण्ड अन्तरगत पर्ने भीमफेदी–१, बागझोरामा अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसी दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, उक्त मोटरसाइकलको पछाडी सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

मृतक लामाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।