हेटौंडाको भुटनदेवी मन्दिरमा बिहानैदेखि भक्तजनको भिड (फोटो फिचर)

तु खबर संवाददाता
२०८० कार्तिक ४, शनिबार ११:४२

मकवानपुर । बडा दसैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।

सोही अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड देखिएको छ ।

नवरात्रको आज सातौ दिन अर्थात फूलपाती विभिन्न स्थानबाट पुजाआजा गर्न हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको उक्त मन्दिरमा बिहानैदेखि भिड देखिएको हो ।

भिडलाई नियन्त्रण गर्नका लागि बिहानैदेखि प्रहरीको टोली त्यहाँ पुगेका छन् ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

हेर्नुहोस् फोटो ।