समाचार

बहादुर सिं लामाले पाए बागमतीका कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी

मकवानपुर । बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले पाएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल केही समयका लागि देश बाहिर जाने भएको भन्दै प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिएका हुन् । बिहीबार प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले एक...

मकवानपुरमा डेंगू संक्रमितको संख्या ६५० पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६५० पुगेको छ । जिल्लामा बिहीबार थप १३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६५० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका १३ जनामा डेंगू संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका...

राष्ट्रपतिले विजया दशमीको दिन २ देखि ५ बजेसम्म टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयबाट बिहीबार जारी प्रेस विज्ञसप्त जारी गर्दै शीतलनिवासमा कार्यक्रम रहेको जानकारी गराएको हो । राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५...

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, सुनसरी र बारा जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरी कुमारीस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ८० मिलिग्रामसहित बुधबार दिउँसो सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय...

मानव अधिकार आयोग दशैँ विदामा पनि खुल्ला रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दशैँ विदामा पनि खुल्ला रहने भएको छ । प्रवक्ता टीकाराम पोखरेलका अनुसार, दशैँ अवधिमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरु खुल्ला रहने भएको हो । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस...

एमालेले कात्तिक १४ मा चियापान कार्यक्रम गर्ने

काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो । ‘नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टी अध्यक्षले चियापान राख्नुभएको हो’, अधिकारीले भने ।

झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक झिनो अंकले घटको छ । आज नेप्से ४.०५ अंकले घटेर १९०३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ३७ लाख ६६ हजार १५३ कित्ता किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजारको कारोबार भएको छ...

दशैँमा मौसम सामान्यतया सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यसपालीको दशैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैँमा देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने बताएका हुन् । महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैँको विशेष बुलेटिन जारी गर्ने...

हेटौंडा उपमहानगरपालिकाले २ वटा वडामा अस्पताल संचालन गर्दै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले २ वटा वडामा नगर अस्पताल संचालन गर्ने भएको छ । नगरपालिकाले हेटौंडा–१३ र १६ नम्बर वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नतिसहित जनशक्ति थप गरेर नगर अस्पतालको रुपमा संचालन गर्ने भएको हो । २०७९ सालमै नगरकार्यपालिकाबाट निर्णय गरेर उपमहानगरपालिकाले ती स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्ने काम...

एमाले मनहरीद्वारा शुभकामना आदानप्रदान तथा चियापान

मकवानपुर । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले बडादशैँ, शुभ दिपवाली तथा छठ पर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम एमाले मनहरीका अध्यक्ष नविन सुवेदीको सभाध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा कार्यक्रमको प्रमुख अतिथि पौडेल...