झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक झिनो अंकले घटको छ । आज नेप्से ४.०५ अंकले घटेर १९०३ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ३७ लाख ६६ हजार १५३ कित्ता किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजारको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आएसँगै आज अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ । आज ९ वटा उपसूचकहरुमा रातो पोतिएको छ भने बाँकीका ४ उपसूचकमा हरिलाली छाएको छ ।
