एमाले मनहरीद्वारा शुभकामना आदानप्रदान तथा चियापान
मकवानपुर । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले बडादशैँ, शुभ दिपवाली तथा छठ पर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम एमाले मनहरीका अध्यक्ष नविन सुवेदीको सभाध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा कार्यक्रमको प्रमुख अतिथि पौडेल र नेकपा एमालेका नेता एकराज उप्रेती लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।
साथै सो क्रममा पूर्व मुख्यमन्त्री पौडेलले पिङको उद्घाटन् समेत गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, विभिन्न सामजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
