समाचार
हेटौंडाका घलान र भोम्जन पक्राउ
मकवानपुर । प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा–१५ रातोमाटे बस्ने ३८ वर्षीय धनराज घलान र ३१ वर्षीय विबेक भोम्जन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार हेटौंडाबाट पथलैयातर्फ...
बकैयामा पहिलो पटक दौड प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पहिलो पटक दौड प्रतियोगिता ‘बकैया रन’ हुने भएको छ । नेपालीहरुको महान पर्व बडादसैँको अवसरमा बकैया एथलेटिक्स संघले बकैया खेलकुद विकास समितिको समन्वयमा यही कात्तिक ३ गतेबाट ‘बकैया रन’ प्रतियोगिताको आयोजना गर्न लागेको हो । बकैया–३ को हात्तीसुँडेमा हुन लागेको गाउँपालिका स्तरीय ५ किमि...
मकवानपुरको बकैयामा शुक्रबार शोक विदा
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले कात्तिक ३ गते शोक विदा दिने निर्णय गरेको छ । गाउँपालिकामा कार्यरत सव–इन्जिनियरको दुर्घटनामा मृत्यु भएपछि पालिकाले बिहीबार एक सूचना जारी गर्दै भोलि कात्तिक ३ गते शोक विदा दिने जानकारी गराएको हो । गाउँपालिकाको कार्यरत पूर्वाधार विकास शाखाका असिस्टेन्ट सव–इन्जिनियर सरोज महतोको सवारी दुर्घटनामा...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आमन्त्रणमा मन्त्रिपरिषद्को बैठक हाल जारी छ । सिंहदरबार जारी बैठक केही बेरअघिबाट सुरु भएको हो । बैठकमा सामसामयीक विषयमा छलफल भइरहेको छ । चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।
चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात
काठमाडौं । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । मुटुको भल्भमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित एक अस्पतालमा भर्ना भएको माओवादीका एक उच्च नेताले जानकारी दिए । स्रोतका अनुसार, श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको हो । उनको अवस्था सामान्य रहेको छ । भल्भमा रक्तसञ्चारमा देखिएको अवरोध खुलिसकेको...
त्रिविले १२ आंगिक क्याम्पसलाई नयाँ कार्यक्रम संचालन अनुमति दियो
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १२ वटा आंगिक क्याम्पसहरुलाई नयाँ शैक्षिक कार्यक्रम संचालन गर्नको लागि अनुमति दिएको छ । त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी–सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम संचालनको अनुमति दिएको हो । जस अनुसार महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज,...
जी.एस. निकेतनमा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम
मकवानपुर । नेपालीहरूको महान पर्व बडादशैँ, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा ज्ञानदीप शिक्षा (जी.एस.) निकेतन माविले प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद लामिछानेको अध्यक्षता एवम् विद्यालयको संचालक संस्था ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको...
चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार पक्राउ
धनगढी । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का...
डोजरको ठक्करबाट वृद्धको मृत्यु
गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । डोजरको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका–१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु १ क ५०२४ नम्बरको डोजरले पैदलयात्री सुनारलाई...
३ लाख ५८ हजार मानिसले छाडे उपत्यका
काठमाडौं । बडादशैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दैनिक बढ्दै छ । घटस्थापना पछि बुधबारसम्ममा ३ लाख ५८ हजार मानिसले उपत्यका छाडेको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार, बुधबार दिनभरमा मात्रै ९१ हजार १०८ जनाले उपत्यका छाडेका हुन् । काठमाडौंको नागढुंगा, फर्पिङ, मुड्खु...










