हेटौंडाका घलान र भोम्जन पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक २, बिहीबार १६:०२
सांकेतिक तस्बिर

मकवानपुर । प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१५ रातोमाटे बस्ने ३८ वर्षीय धनराज घलान र ३१ वर्षीय विबेक भोम्जन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३–००५ प.६८१६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २ किलो लागूऔषध गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।