३ लाख ५८ हजार मानिसले छाडे उपत्यका
काठमाडौं । बडादशैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दैनिक बढ्दै छ । घटस्थापना पछि बुधबारसम्ममा ३ लाख ५८ हजार मानिसले उपत्यका छाडेको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार, बुधबार दिनभरमा मात्रै ९१ हजार १०८ जनाले उपत्यका छाडेका हुन् । काठमाडौंको नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट बुधबार ९१ हजार १०८ जना बाहिरिएका हुन् ।
यस्तै, घटस्थापना (असोज २८) बाट असोज ३० सम्ममा २ लाख ६७ हजार ६५४ जनाले उपत्यका छाडेका थिए । तर, बुधवारबाट उपत्यका छाड्नेको झन बढेको हो ।
