समाचार

खेलकुद विकास समितिको भवनको उद्घाटन

मकवानपुर । खेलकुद विकास समिति मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौरस्थित निर्मित उक्त भवनको बुधबार एक कार्यक्रमबीच हेटौंडा नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको बजेटले खेलकुद विकास समितिले दोस्रो र तेस्रो तल्ला निर्माण गरेको हो ।...

लागूऔषधसहित मकवानपुरका बल पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित मंगलबार दिउँसो काठमाडौंबाट एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थबाट अवैध लागूऔषध गाँजाको धुलो ३ किलोसहित मकवानपुरका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ घर भएका २२ वर्षीय श्रीकृष्ण बल रहेका छन् । प्रहरी चौकी...

भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग भएको छ । कारागारका कैदीबन्दीलाई नेपालीहरुको महान पर्व बडादशैँको अवसरमा एक कार्यक्रमबीच जिल्लाको कैलाश गाउँपालिकाले खसी र खाद्यान्न सहयोग गरेको हो । पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले २ वटा...

दुर्घटनामा परेर युवतीको मृत्यु

काभ्रे । काभ्रेको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा ईलेक्ट्रोनिक गाडी बुधबार बिहान नालीमा खसेर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पनौती नगरपालिका–५ सुन्दरबस्तीमा बा.प्र.०३–००१ ज ०२९८ नम्बरको गाडीले बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना हुँदा युवतीको मृत्यु...

बालबोघ मावि हेटौंडाद्वारा शुभकामना आदानप्रदान

मकवानपुर । बालबोध माध्यमिक विद्यालय हेटौंडा–१७ हटियाले नेपालीहरुको महानपर्व बिजयादशमी, शुभ दिपाली तथा छठ पर्वको अवसरमा मंगलबार शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालको प्रमुख आतिथ्यता एवम् विद्यालयका प्रधानध्यापक दिपकलाल श्रेष्ठको सभाध्यक्षतामा भएको हो । सो क्रममा प्रमुख अतिथि अर्यालले...

गैरआवासीय नेपालीलाई पनि नागरिकता, यस्तो छ प्रकृया

काठमाडौं । गैरआवासीय नेपालीहरुले पनि अब नागरिकता पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै गैरआवासीय नेपाली नगरिकलाई नागरिकता वितरण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले दुई गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय...

इजरायलबाट १८ नेपालीको उद्दार, नयाँदिल्ली आइपुगे

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्दार गरिएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुलाई उद्दार गरिएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । उनीहरुलाई राजदूत शर्माले नयाँदिल्लीमा स्वागत...

थाहा नगरमा आगामी मंसिर १४ गतेदेखि महोत्सव हुने

मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले आगामी मंसिर १४ गतेदेखि थाहा महोत्सव आयोजना गर्ने भएको छ । स्थानीयस्तरमा उत्पादिन वस्तु बजारीकरण गर्ने र उत्पादक तथा उपभोक्ताबीच सीधा सम्पर्क गर्ने उद्देश्यले महोत्सको आयोजन संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । आर्थिक मन्दीका कारण समस्यामा रहेको अवस्थामा महोत्सव संचालन गरी आर्थिक...

आफ्नै दाजुमाथि खुकुरी प्रहार गर्ने मकवानपुरका जिवन पक्राउ

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं.९ बेतिनीस्थित आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी फरार रहेका एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय जिवनबहादुर तुमसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने...