समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम...

प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज बिहान मुस्ताङ प्रस्थान गरेका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रचण्ड आज बिहानै मुस्ताङ प्रस्थान गरेका हुन् । सो क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण...

आज दशैँको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आज नवरात्र एवम् दशैँको चौँथो दिन । आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती...

सूर्यकिरण क्लबलाई खेल सामग्री हस्तान्तरण

मकवानपुर । चैनपुर जेसीज प्रस्तावितले मनहरी गाउँपालिका ५ मा रहेको सूर्यकिरण युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । जेसीज सप्ताह अन्तर्गत क्लवलाई फुटबल, भलिबल लगायतका खेल सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रम संयोजक नवराज रिजालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ५ नम्बर...

युवा संघ नेपालको आयोजनामा पब्जी प्रतियोगिता हुने

काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिताको आयोजना गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ । खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा...

घरबाट निस्केको तीन दिनपछि मृत भेटिए बस्नेत

जाजरकोट । तीन दिनदेखि सम्पर्कविहीन भएका जाजरकोट एक युवक मृत भेटिएका छन् । जिल्लाको भेरी नगरपालिका–१२ निवासी ३५ वर्षका इन्द्रबहादुर बस्नेत मंगलबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गत आइतबार घरबाट कसैलाई केही नभनि निस्किएको र खोजतलास गर्ने क्रममा नजिकैको सालविसौना भन्ने जंगलमा भिरबाट अन्दाजी एक...

मकवानपुरमा डेंगू संक्रमितको संख्या ६२४ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६२४ पुगेको छ । जिल्लामा मंगलबार थप ४ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६२४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ३ जना र थाहा नगरपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि...

मंगलबार नेप्सेमा हरियाली छायो

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्सेमा हरियाली छाएको छ । बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउन थालेपछि लगानीकर्तामा उत्साह थपिदा शेयरबजार बढेको हो । आज नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३८ लाख १३ हजार २३३...

यो वर्ष मनसुनबाट ६३ जनाको ज्यान गयो, ३० जना बेपत्ता

काठमाडौं । नेपालमा यस वर्षको मनसुन गत आइतबारबाट बाहिरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपालमा यो वर्ष गत जेठ ३१ बाट मनसुन भित्रिएको थियो । मनसुनमा पूर्व जडान गरिएका ३४ वटा स्मार्ट साइरनबाट...

लागूऔषध कारोबार गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं । लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुर्यविनायक नगरपालिका घर भएका २८ वर्षीय सुशान्त अवाल, सप्तरी घर भएका २६ वर्षीय कृष्ण कुमार दास, २७ वर्षीय दिपेन्द्र कुमाार यादव र २९ वर्षीय जितेन्द्र्र कुमार रमन रहेका छन् । असोज २३ मा...