समाचार

पछिल्लो दुई महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । केन्द्रीय बैंकका अनुसार, गत वर्षको तुलनामा आर्थिक वर्षको साउन र भदौमा रेमिट्यान्स आयात २२.१ प्रतिशतले वृद्धि हुँदै २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो...

बालिका बलात्कार आरोपमा पुरुष पक्राउ

काठमाडौं । प्रहरीले झापाबाट बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका ५५ वर्षीय फुलसिंह ताजपुरिया रहेका छन् । झापा प्रहरीका अनुसार, ताजपुरियाले ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घर नजिकै खेलिरहेकी बालिकालाई उनले धानबारीमा लगेर बलात्कार...

इजरायलबाट थप १९ जना नेपालको उद्धार

काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका थप १९ जना नेपालीलाई सरकारले उद्धार गरेको छ । सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए । उनका अनुसार, मंगलबार इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत...

कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको जानकारी दिएको छ । महासंघका अनुसार, हिजो सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोलामा ४०० र चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो । भाउ घटेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ९००...

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरीसहित कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह...

साहित्यकार नेपालीको हृदयाघातबाट निधन

काठमाडौं । साहित्यकार चित्तरञ्जन नेपालीको निधन भएको छ । नेपालीको आइतबार हृदयाघातको कारण निधन भएको उनका भतिज मञ्जुल प्रसाद राजभण्डारीले जानकारी दिए । ९३ वर्षीय स्व. नेपालीको आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । नेपालीले सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले...

राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री...

घुस लिएको आरोपमा नापीका कर्मचारी पक्राउ

झापा । सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई पक्राउ गरेको हो । अख्तियार आयोगले एक लाख २५ हजार घुस रकमसहित उनीहरुलाई भद्रपुरबाट पक्राउ गरेको हो...

आज देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । यसैयरी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका...

जीप दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत । कालिकोटमा आज बिहानै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाजुराबाट कालिकोट आउँदै गरेको ग १ ज ५७९५ नम्बरको जीप सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही रहेको कालिकोट प्रहरीले जनाएको छ...