समाचार
नेप्सेमा २३ अंकको गिरावट, १ अर्ब २५ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक २३ अंकले घटेर १८५१ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ४८ लाख ३७ हजार ८९३ कित्ता किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजारको कारोबार...
कांग्रेस मकवानपुरद्वारा शुभकामना आदानप्रदान
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौंडामा नेपालीहरुको महान चाडपर्व बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो...
मकवानपुरको सेतीदेवी माविलाई ६ वटा कम्प्युटर
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२, जितपुरभञ्ज्याङस्थित सेतीदेवी आधारभूत विद्यालयलाई ६ वटा कम्प्युटर उपलब्ध भएको छ । विद्यालयका लागि कम्प्युटर खरिद गर्न वडा कार्यालयले २ लाख रुपैयाँ बराबरको रकम उपलब्ध गराएको र सोही रकमले विद्यालयको लागि कम्प्युटर खरिद गरेको प्रधानाध्यापक गोमा श्रेष्ठले जानकारी दिइन् । उपलब्ध उक्त...
दसैँ विदामा पनि अदालत खुल्ने
काठमाडौँ । दसैँ विदाका दिन पनि उच्च र जिल्ला अदालत खुला हुने भएको छ । जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्ने कामका लागि जिल्ला र उच्च अदालतहरु खुला रहने भएको हो । उच्च अदालत पाटनका उपरजिस्ट्रार र्तीर्थराज भट्टराईका अनुसार, राजश्व र बैंकिङ कसुरका मुद्दा हेर्ने सुरुको...
एकीकृत समाजवादीका वरिष्ठ नेता खनाल चीन प्रस्थान
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन प्रस्थान गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ । पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा. शङ्कर खतिवडाका...
शरद ऋतुमा हिमाल चढ्न ८८१ जनाले लिए अनुमति
काठमाडौं । शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार, शुक्रबारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति जारी भएको छ । जसमा ७०२ जना पुरुष र १७९ जना महिला रहेका छन् । यो सिजनमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोहण अनुमति...
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको भाउ प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको...
इजरायलमा ज्यान गुमाएका पाँच नेपाली विद्यार्थीको शव प्राप्त
काठमाडौं । इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ । इजरायलस्थित नेपाली दूतावासले ५ जनाको शव प्राप्त गरेको जनाएको हो । शव प्राप्त हुनेमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरी रहेका छन् । बाँकी ५ जनाको शव प्राप्त हुने...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । मौसम बाहिरिएसँगै हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही...
आज दसैँको दोस्रो दिन : ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै
काठमाडौं । नेपालीको महान चाड बडादसैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रको ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं...










