समाचार
आजदेखि नयाँ नोट साट्न पाइने
काठमाडौं । नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपाली लगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका...
धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
मलेखु । धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङ...
हेटौंडामा क्रिक्सल प्रतियोगिता सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक क्रिक्सल प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा–४ को आयोजनामा आइतबारदेखि सुरु भएको हो । हेटौंडा–४ कमलडाँडास्थित फुटसल कोर्टमा भएको प्रतियोगिताको उद्घाटन खेलमा कर्रा सुपर किंगले विजयी सुरु सुरुवात गरेको छ । टस जितेर पहिले व्याटिङमा उत्रिएको कर्रा सुपर किंगले...
हेटौंडामा जे एण्ड बि बारिस्ता एकेडेमी ट्रेनिङ्ग सेन्टरको उद्घाटन
मकवानपुर । बागती प्रदेशको राजधानी हेटौंडामा जे एण्ड बि बारिस्ता एकेडेमीे ट्रेनिङ्ग सेन्टरको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी स्कुलको २ नम्वर गेट अगाडि रहेको उक्त ट्रेनिङ्ग सेन्टरको प्रतिनिधि सभा सदस्य दिपकबहादुर सिंहले एक कार्यक्रमबीच आइतबार उद्घाटन गरेका हुन् । उक्त ट्रेनिङ्ग सेन्टर ३०...
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै
काठमाडौँ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिएको...
सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गयो
काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । सिन्धुपाल्चोक, दाङ र कैलाली गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानमा भएको सवारी दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ अधेरीस्थित सडकमा बा।३ ख ५५४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४५...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कुँवर रहेका छन् । उनलाई ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ...
कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा शपथ ग्रहण
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।
अवैध लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, सुनसरी र बर्दिया गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्राम २ सय १० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ...
हेटौंडाको विभिन्न शक्तिपीठ मन्दिरमा घटस्थापनाको जमरा राखियो
मकवानपुर । आजदेखि बडा दशैँ सुरु भएको छ । बडा दशैँको आज पहिलो दिन हेटौंडाको विभिन्न स्थानमा रहेको शक्तिपीठ मन्दिरमा धार्मिक विधिपूर्वक जमारा राखिएको छ । हेटौंडास्थित शक्तिपीठ भुटनदेवी मन्दिर, बनस्खण्डी मन्दिर, गोरेक्षश्वर मन्दिर र चुरियामाई मन्दिरमा आज बिहानको साहित अनुसार धार्मिक विधिपूर्वक जमारा राखिएको भुटनदेवी मन्दिर संचालक समितिका...










