आजदेखि नयाँ नोट साट्न पाइने

तु खबर संवाददाता
२०८० आश्विन २९,सोमबार ०८:३७
file-photo

काठमाडौं । नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपाली लगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ ।

प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न पाइने छ ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।