समाचार
सातामा २८ सयले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला २८ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, गत साता शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले वृद्धि भएर सुनको कारोबार भएको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ हजार...
मनाङ एयरको वायुसेवा संचालन प्रमाणपत्र निलम्बन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा संचालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि उड्डयन प्राधिकरणले मनाङ एयरको एओसी नै निलम्बन गरेको हो । आज बिहान मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ...
आगलागीमा परेर एक जनाको ज्यान गयो
ढोरपाटन । बागलुङमा आगलागी परेर एक जनाको ज्यान गएको छ । जिल्लाको गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको हो । मृतकको सनाखत हुन सकेको छैन । गएराति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । राति नै इलाका...
कांग्रेस कोशी संसदीय दलका नेता थापाले दिए राजीनामा
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका हुन् । संसदीय दलका नेता थापाले पदबाट राजीनामा दिएको कांग्रेसका कोशी प्रदेश सांसद शमशेर राईले जानकारी दिए । नेता कार्कीले दल र पार्टीको...
मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ बसनमा घर छेउमा उम्रेको च्याउ खाँदा ६ जना बिरामी भएका छन् । शुक्रबार दिउँसो घर नजिकै छेउमा उम्रेको च्याउ पकाएर खादा दुई परिवारका ६ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । बिरामी हुनेमा...
लागूऔषधसहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट बिहीबार राति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सढकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट लागूऔषध खैरोहेरोईन १८ ग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्वर ५ नकटुवा बस्ने ४१ वर्षीय रमेश महत्तो...
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना
काठमाडौं । सोलुखुम्बुको लोबुचेमा शनिबार बिहान हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको मनाङ एयरको एएस ३५०–बी ३ ई हेलिकप्टर बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए । निर्देशक न्यौपानेका अनुसार, हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड) गर्ने क्रममा दुर्घटनामा परेको हो ।...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी...
सोह्रश्राद्ध आज विधिवत् सकिँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् सकिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन टुंगिएको छ । नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक भोलि पुनः बस्ने गरी आजको बैठक सकिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । यस्तै, विश्वकर्माले अहिले पार्टीलाई पनि मिलाउनु र गठबन्धन पनि जोगाउने विषयमा बैठकमा छलफल भएको बताए ।...










