समाचार

जीतपुर-सिमराका पूर्वप्रमुख कृष्ण पौडेल मृत अवस्थामा फेला

काठमाडौं । जीतपुर- सिमराका पूर्वप्रमुख कृष्ण पौडेल मृत अवस्थामा फेला परेका छन् । नेकपा (एमाले) का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल बिहीबार साँझ ७ बजे आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार, पौडेल घरभित्र उनी सुत्ने कोठाको भुइँमा लडिरहेको अवस्थामा फेला...

राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नाम फिर्ता गरेका छन् । यससँगै उनले त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । जसका खेलहरु कात्तिक १ गतेदेखि १० गतेसम्म हुनेछन् । सन्दीपले भने प्रतियोगिता...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ । संङघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ः३० बजे बोलाइएको छ । संङघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९÷८९ को वार्षिक प्रतिवेदन’ सभासमक्ष...

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा

सुर्खेत । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित एक कार्यक्रममा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन् । कर्णालीको १० जिल्लाका ३४ हजार ६ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको...

आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका...

वनकरिया विद्यार्थीहरुलाई साइकल वितरण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेस्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालको एक मात्र विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत वनकरिया विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमबीच साइकल वितरण गरिएको हो । विद्यालयले बस संचालन...

भारत लैजाँदै गरेको अवस्थामा ५ जना बालिकाको उद्धार

बारा । भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जना बालिकालाई प्रहरीले उद्धार गरेको छ । करैयामाई गाउँपालिका–१ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो । भारतको मोतिहारी, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्यव्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवन बानेश्नरमा बस्ने भएको हो । उक्त बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दलित आयोगको...

हेटौंडा चिकित्सक कुटपिट प्रकरणमा पक्राउ परेका स्याङ्तान धरौटीमा रिहा

मकवानपुर । जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि कुटपिट गरेको आभियोगमा पक्राउ परेका हेटौंडा–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई धरौटीमा रिहा गरेको छ । गत भदौं २७ गते हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो हस्पिटलमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको अभियोगमा बुधबार पक्राउ परेका स्याङ्तानलाई धरौटीमा रिहा गरिएको हो । स्याङ्तान...

मकवानपुरमा डेंगू संक्रमितको संख्या ६१३ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६१३ पुगेको छ । जिल्लामा बिहीबार थप १३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६१३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ६ जना, भीमफेदी गाउँपालिकाका ४ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका...