समाचार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको र त्यसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली...
चक्कु प्रहार गरी किशोरीको हत्या, हेटौंडाका किशोरसहित चार जना पक्राउ
काठमाडौं । धारिलो हतियार चक्कु प्रहार गरी किशोहीको हत्या गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय किशोरी सनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौंडाका एक किशोरसहित...
बागमती प्रदेश सभाको एम्बुलेन्स हेटौंडा अस्पताललाई हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश सभाको स्वामित्वमा रहेको एम्बुलेन्स बुधबार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश सभाका सदस्यहरुलाई आकस्मिक रुपमा उपचारको लागि हेटौंडालगायत विभिन्न अस्पतालमा पुर्याउने उद्देश्यका साथ प्रदेश सभा सचिवालयले खरिद गरेको उक्त एम्बुलेन्स हेटौंडा अस्पतालको सहकार्यमा दैनिक संचालनमा ल्याउने सहमति अनुरुप हस्तान्तरण...
बागमती प्रदेश सभा : एउटा विधेयक समितिमा पठाउन स्वीकृती प्रदान
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकले एउटा विधेयक समितिमा दफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको छ । बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा दवाफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको हो । उक्त विधेयक संस्कृति, पर्यटन...
निराजनको खोजी कार्य जारी, इन्भेष्टमेन्ट मेगा बैंकका हाकिमले ‘ट्रचर’ दिएको रहस्य बाहिरियो
हेटौंडा । तत्कालिन मेघा बैंक हेटौंडा शाखाका प्रमुख निराजन देवकोटा (निरञ्जन) सोमबार साँझ धादिङ्को त्रिशुली नदिमा हामफालेर वेपत्ता भएका छन् । वर्षापछि आएको त्रिशुलीको भेलमा हामफालेका निरन्जनको मृत्यु भएको आँकलन गरिएको छ । तर, हालसम्म उनको शव भने फेला परेको छैन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले दबाब...
इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा स्थगित
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भर्नाका लागि गरिने प्रवेश परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले एक सूचना सार्वजनिक गर्दै अर्को सूचना नआएसम्म परीक्षा स्थगित भएका जानकारी गराएका हुन् । शाखा अधिकृत वैद्यले सार्वजनिक गरिएको सूचनामा प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजीनामा दिएको...
कांग्रेसद्वारा असोज २९ गतेभित्र महासमिति सदस्य चयन गर्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा यही २९ गतेभित्र नाम पठाउन निर्देशन दिएको छ । १४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ गतेसम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको...
११ किलो सुन तस्करी प्रकरणमा थप एक पक्राउ
काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षीय आगर लामा रहेका छन् । चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी...
९ अंकले बढ्यो नेप्से, १ अर्ब १८ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ९ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजारको कारोबार भएको छ...










