झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड
काठमाडौं । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् ।
बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको पार्किङमा राखेका सवारी साधन तोडफोड भएको हो ।
तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
उनका अनुसार तोडफोडमा संलग्न पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ता भएको बुझिएको छ । तोडफोडमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
