बिहीबार २० अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०८० आश्विन २५, बिहीबार १५:५६

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ ।

नेप्से गत मंगलबार देखि अठार सयको विन्दुबाट माथि उक्लन नसकेको हो । आज ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडको कारोबार भएको छ ।

नेप्से घटेसँगै १२ उपसूचकमा रातो पोतिएको छ । एक मात्र म्युचुअल फण्ड उपसूचक ०.१६ प्रतिशतले बढेको छ भने आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३ प्रतिशतले घटेको छ ।