समाचार
हेटौंडाबाट काठमाडौं जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने विभिन्न सडकखण्ड आज बिहानैबाट अवरुद्ध बनेको छ । वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकप सडकखण्ड र कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार,...
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु
चैनपुर । बझाङमा भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् । मंगलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।यस्तै, बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना...
इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०÷२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने भएको छ । संस्थानले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गर्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको छ । संस्थानका अनुसार २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुनेछ । बी.ई/बी.आर्कसमेत इन्जिनियरिङको स्नातक तहका...
दशैंको विभिन्न साइत सार्वजनिक, टीका बिहान ११ बजेर २ मिनेटमा
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । सार्वजनिक साइत अनुसार, असोज २८ गते आइतबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र...
सशस्त्र प्रहरीद्वारा ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद
काठमाडौं । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, भारतबाट अवैध रुपले ल्याई लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी...
बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर ६ जना घाइते
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बझाङमा भूकम्पबाट घाइते भएकाहरूमध्ये ५ जना बालबालिका रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । आज...
५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी जवानहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले ५ हजार ९३८ जना जवानहरुको सरुवा गरिएको जनाएको छ । सरुवा गरिएका जवानहरुले आगामी महिनाको तलब र भत्ता सरुवा भएको दरबन्दीबाट पाउने छन् ।
अवैध लागूऔषधसहित सात जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, सुर्खेत र कास्की जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–६ घुएरा बस्ने २६ वर्षीय जय किसन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन ८ सय ६० मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ गरेको...
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब १९ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा ३९ लाख ६५ हजार ९७१ कित्ता शेयर कारोबार हुँदा १ अर्ब १९ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।...
बझाङमा आधा घण्टामा २ पटक भूकम्पको धक्का महसुस
धनगढी । सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो आधा घण्टाको अवधिमा दुई पटक भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा र ३ बजेर ६ मिनेटमा गरी दुई पटक भुकम्पको धक्का महसुुस भएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, दिउँसो २ बजेर...










