दुर्घटनामा परेर एक जनाको मृत्यु
सुनसरी । ईटहरीमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा घर भएका २६ वर्षीय दीपक मिरिङचिङ मगर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, उक्त दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइतेमध्ये को २१ प ६४३१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने का .३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक र सवार अन्य १ जनाको इटहरी नितान्त क्लिनिकमा उपचार भइरहेको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
